सुर्य खवास/ युएई ,

प्रवासी भुजेल समाज सेवा समिती युएईको तेश्रो अधिवेशन नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको प्रमुख आतिथ्यमा युएईको दुबई स्थित सिन्धपंजाब रेष्टुरेण्टमा सम्पन्न भएको छ ।
राष्ट्रीय गान बाट सुरु भएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष यम बहादुर घर्तीले गर्नु भएको थियो भने स्वागत मन्तव्य समाजका प्रथम उपाध्यक्ष सुर्य बहादुर भुजेलले दिनु भएको थियो ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथिले समाजलाई विशेष योगदान दिनुहुने समाजका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नु भएको थियो । सम्मानित व्यक्तित्वहरुमा महेश भुजेल, लक्ष्मण थापा, सुर्य बहादुर भुजेल, तुल बहादुर घर्ती, दल बहादुर जि.टि., अर्जुन भुजेल, पदम बहादुर भुजेल, मनकुमारी जिएम, उर्मिला भुजेल, जुनाकुमारी भुजेल, मीन बहादुर भुजेल, प्रेम घर्ती र सुरिन भुजेल रहनु भएको छ ।
प्रमुख अतिथिको आसन बाट बोल्दै शेर्पपाले प्रवासमा संस्थाको निरन्तरता नै प्रमुख कुरा रहेको बताउदै अहिले हाम्रो समाज जनजाती र गैह्र जनजातिमा विभाजन भएको प्रती औल्याउदै जनजातिहरुले बाहुनको नभई बाहुनबादको बिरोध गर्दै आएको बताउनु भयो । सिंहदरवार कहिलै पनि समाबेसी हुन नसकेको हुँदा सबै क्षेत्रमा समाबेसी जनजातिको माग रहेको बताउदै जनजाती महासंघ सबै जातिय समाज सँग मिलेर काम गर्नमा तयार रहेको बताउनु भयो ।
दोश्रो चरणको बन्द सत्रमा कोषाध्यक्ष अर्जुन भुजेलले आ.व. २०१६/१७ को आर्थिक प्रतिवेदन तथा महासचिव रन्जन भुजेलले समाजको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त दुवै प्रतिवेदनलाई उपस्थित प्रतिनिधिहरुले सर्वसम्तले पास गर्यो । यसै गरि समाजको विधान संसोधनको लागि गठित विधान संशोधन समितिका संयोजक सुर्य बहादुर खवासले पेश गर्नु भएको संसोधित विधान सर्वसम्तले अनुमोदन गर्यो ।
सन २०१७-२०१९ को दुई वर्षे कार्यकालको लागि सुर्य बहादुर भुजेलको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्य समिती निर्वाचित भएको छ । जसको प्रथम उपाध्यक्षमा रन्जन भुजेल, द्वितीय उपाध्यक्षमा तुल बहादुर घर्ती महासचिवमा मीन बहादुर भुजेल, सचिवमा सुरिन भुजेल, कोषाध्यक्षमा प्रकाश भुजेल, सह-कोषाध्यक्षमा चन्द्रकला खवास, सदस्यहरुमा क्रमश: प्रेम घर्ती, वसन्ती जिएम, सुरज खवास, दल बहादुर भुजेल, लक्ष्मण भुजेल, जुना भुजेल, सम्झना भुजेल र उर्मिला भुजेल रहनु भएको निर्वाचन समितिका संयोजक सुर्य बहादुर खवासले जानकारी दिनु भयो ।
Views: 139

