Aamsanchar

जग्गा धनीलाई कुत बुझाउन पनि सास्ती

Author Image
आइतवार, भदौ २५, २०७४

बनेपा।

अर्काको जमिन जोतभोग गरेर जीविकोपार्जन गरेका भूम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेका बासिन्दाले जमिन्दारलाई कुत बुझाउन पनि सास्ती खेप्नुपरेको छ । जग्गा उपभोग गरेबापत जग्गा धनीलाई अन्नबाली वा नगद बुझाउनुलाई कुत भनिन्छ ।

“जग्गाधनी काठमाडाँै र अमेरिकामा बस्छन, त्यसैले समयमा नै कुत लिएर काठमाडाँैं जानुपर्छ ।” भूम्लु– ८ की सीता थपलियाले भन्नुभयो । भूम्लु– ८ का रञ्जन श्रीभक्तीले जग्गा धनीले अन्नबाली आधा लिने गरेको गुनासो गर्नुभयो । उहाँले कुत नबुझाए कमाइरहेको जग्गा पनि नपाउने भएकाले जग्गाधनीले जहाँ भन्छन् त्यही कुत पु¥याउने गरेको बताउनुभयो ।

सोही स्थानका ७४ वर्षीय अम्मरबहादुर सिंहले भन्नुभयो– “बुबाले कति वर्ष कमाउनुभयो मलाई थाहा छैन तर मैले २०२७ सालदेखि कुत बुझाउँदै आएको छु । ”

भूम्लु– ८ का वडाध्यक्ष मोतिलाल तामाङले मौखिक कबोलका आधारमा जग्गाधनीलाई मकै, धानलगायतका बाली बुझाउने गरेको जानकारी दिँदै कुत बुझाउन नपुगे बाहिर श्रम गरेर पनि मोहीले नगद बुझाउने गरेका छन् भन्नुभयो ।

उहाँले बताउनुभयो– “यसरी कुत बुझाउँदा पनि पीडितले बुझाएको कुनै निस्सा वा प्रमाण पाउदैनन । ”फँलाटेका ध्रुवराज खरेलले जग्गा आफ्नो स्वामित्वमा नभएका कारण पुनःनिर्माण गर्नसक्ने अवस्था नभएकले जग्गाको नयाँ नापी र अद्यावधिक गर्न आवश्यक छ ।”

सो स्थानमा २०३२ सालमा जग्गाको नापी भएको थियो । फँलाटे र भूम्लुटारको सीमा विवादले उक्त क्षेत्रमा स्थानीयवासीले जग्गाको लालपुर्जा पाउन नसकेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले लालपुर्जा नभए पनि लाभग्रहीसँग सम्झौता गरेर उनीहरुको निस्साका आधारमा पुनःनिर्माण गरिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर