अर्जुनधारा।
बिजयादशमी तथा शुभ दीपावलीलाई लक्षित गरी शनिश्चरे प्रहरी चौकीको आयोजनामा सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।
चौकी व्यवस्थापन समितिका अध्यक्ष अशोक विष्टको अध्यक्षतामा बसेको बैठकले सुरक्षा सम्बन्धी विभिन्न निर्णय पारित गरेको छ । बैठकले पारित गरेको निर्णयहरुमा राति ९ बजेदेखि होटल बन्द गर्नुपर्ने, चाडको मौका छोपी उपभोक्ता ठगिन सक्ने हुँदा सो कार्यको अनुगमन तथा निरीक्षणका लागि सम्बन्धित निकायमा पहल गर्नेलगायत रहेको छ ।
बैठकमा अर्जुनधारा नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, सशस्त्र प्रहरी बल सुरक्षा वेस खुदुनावारीका प्रमुख प्रहरी निरीक्षक सोमबहादुर श्रेष्ठ, शनिश्चरे बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवकुश गिरी, कुमार क्षेत्री, योगेन्द्र पौड्याललगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
चौकी प्रमुख प्रहरी सहायक निरीक्षक अमरकुमार लावतीले सुरक्षा अवस्थाबारे जानकारी गराएको बैठकको सञ्चालन सदस्य चर्तुभुज काफ्लेले गरेका थिए ।