मोरङ।

इलाका प्रहरी कार्यालय रानीको “अपरेशन फक्स” होटल, लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत प्रहरीले शनिबार अश्लिल कृयाकलापमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा दमक -१६ बस्ने २२ बर्षिय सुनिता चौधरी, मोरङ विराटनगर-१३ बस्ने २५ बर्षिया जिना क्षेत्री र होटल संचालक विराटनगर-१३ बस्ने ३२ बर्षिय फिरोज कुमार साह रहेका छन्।
उनीहरुलाई विराटनगर-१३ स्थित स्वट होटलबाट शनिबार दिउँसो ३ बजेतिर पक्राउ गरको हो। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ।

Views: 129


