

चारपाने । बिर्तामोड नगरपालिका बडा नं २ मा स्थापित हाम्रो एकता युवा समाजको अगुवाईमा बीर अमरसिंह माध्यामिक बिद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ४० हजार मूल्य बराबरको स्टेशनरी सामाग्री बितरण गरिएको संस्थाका सचिब तीर्थ बस्नेतले बताए । उनका अनुसार हाल काठमाण्डौ बसोबास गरिरहेका स्थानीय प्रदीप पौडेल र यूवा ब्यबसायी माधब खरेलको सहयोगमा संकलित सामाग्री बितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेल, बिशेष अतिथी बिर्तामोड नगर पालिकाकी उप मेयर पबित्रा महतारा प्रसाई, २ नं बडा अध्यक्ष नगेन्द्र संगौला,बीर अमरसिंह माबिका ब्यबस्थापन समिति अध्यक्ष महाबीर चौधरी, प्रधानाध्यापक यदुनाथ अधिकारी, नेकपा एमाले क्षेत्रीय सदस्य भवानीप्रसाद ओली,लगायतले मन्तब्य प्रकट गर्नुका साथै शैक्षिक सामाग्री बितरण गरेको आयोजक संस्थाका उपाध्यक्ष रोशन धतानीले जानकारी दिए ।
Views: 190

