झापा।

झापाको मेचिनगर नगरपालिका- ६ बाट प्रहरीले शनिबार बेलुका लागूऔषध ट्याब्लेटसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेची नगर नगरपालिका-८ बस्ने २५ बर्षिय विबेक खड्का रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनको साथबाट एस पी ट्याब्लेट १० पत्ता बरामद भएको छ।
उनलाई आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखीएको छ।

Views: 124

