Aamsanchar

पल्सर स्पोर्टस अवार्ड सोमबार

Author Image
आइतवार, भदौ २५, २०७४

काठमाडौँ।

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न आठ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई सोमबार सम्मान गरिने भएको छ ।

अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा उत्कृष्ट घोषित हुनेलाई कमलादीस्थित प्रज्ञा भवनमा सम्मान गरिनेछ ।

आठ विधामध्ये लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथलिट अवार्डको घोषणा सोमबार नै हुनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयमा पर्ने नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसपटकको मनोयनमा आठ खेलका २० जनामध्ये सबैभन्दा बढी फुटबलबाट पाँचजना खेलाडी मनोनयमा परेका छन् । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ वर्षको उत्कृष्ट पुरुष, मुख्य प्रशिक्षक ग्यातुको कोजी, थ्रीस्टार क्लबका मेघराज केसी उत्कृष्ट प्रशिक्षक, फुटबल खेलाडी सावित्रा भण्डारी र अनन्त तामाङ वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् ।

एथलेटिक्सबाट चारजना खेलाडी मनोनयमा परेका छन् । ब्याडमिन्टन र क्रिकेटबाट तीन÷तीन जना मनोनयनमा परेका छन् । राष्ट्रिय खेल भलिबलबाट दुई तथा जुडो, भारोत्तोलन र आर्चरीबाट एक÷एकजना मनोनयनमा परेका छन् ।

एथलेटिक्सतर्फ कान्छिमाया कोजु र सरस्वती भट्टराई उत्कृष्ट महिला खेलाडी तथा सोमबहादुर कुमाल वर्षको उत्कृष्ट पुरुष खेलाडी र पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । ब्याडमिन्टनतर्फ दिदीभाइ नङसल तामाङ र रत्नजीत तामाङ उत्कृष्ट महिला र पुरुषको मनोनयमा परेका छन् भने सोही खेलको प्रशिक्षक किरण थापा प्रशिक्षकको मनोनयनमा परेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकर उत्कृष्ट पुरुष, दीपेन्द्रसिंह ऐरी उत्कृष्ट युवा र जगत टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । भलिबलतर्फ प्रतिभा माली उत्कृष्ट युवा र मानबहादुर श्रेष्ठ उत्कृष्ट पुरुषको मनोयनमा परेका छन् ।

जुडोकी मनिता श्रेष्ठ प्रधान र भारोत्तोलनकी कमला श्रेष्ठ उत्कृष्ट युवा तथा आर्चरीकी ज्ञानु अवाले उत्कृष्ट महिलाको मनोनयनमा परेका छन् । वर्षका उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । यसपटकदेखि प्रशिक्षकका लागि पनि मोटरसाइकल थप गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिनुभयो ।

अन्य विधामा सफलता हात पार्नेले रु ५० हजारसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने सबै विधाका मनोनयनमा पर्ने खेलाडी एवं प्रशिक्षकलाई पनि गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर