सुरुङ्गा।

कनकाई नगरपालिका कनकाई नगर कार्यपालिका वडा नं. ३ को प्रथम वडा भेला आर्थिक वर्ष २०७४÷०७५ को लागि योजना छनौट सम्बन्धमा छलफल भएको थियो ।
वडा भेलाको कनकाई नगरपालिकाका नवनिर्वाचित मेयर राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका थिए । प्रमुख अतिथि पोखरेलले सीमित स्रोतसाधनलाई परिचालन गरी असीमित चाहना र आवश्यकता पूरा गर्नुपर्ने भएकाले योजनाहरु प्राथमिकतामा राख्न र व्यापक जनसहभागिता जुटाएर काम गर्न सके विकास निर्माणले गति लिने बताए ।
भेलाको सभापतित्व समेत गरिरहेका वडा नं. ३ का वार्ड अध्यक्ष रूद्रप्रसाद चिमरियाले वार्डका ढल, सडक निर्माण जस्ता मुख्य समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
कार्यक्रममा उपमेयर मञ्जु प्रसाई, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दयानन्द वंशल, एमाले नगर सचिव रविन्द्र लम्साल, संघीय समाजवादी नेपालका कनकाई नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका नगर इञ्चार्ज पुण्यप्रसाद शिवाकोटी, कनकाई माविका प्रधानाध्यापक निर्मलकुमार खतिवडा, सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष सुदीप भण्डारी, राप्रपा नगर अध्यक्ष ज्योतिकुमार उप्रेती, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, ज्येष्ठ नागरिक मञ्च कनकाई नगर अध्यक्ष पुण्यप्रसाद बाराकोटी, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, सञ्चारकर्मी तीर्थराज खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु युवराज चम्लागाई, सुष्मा परियार, कनकाई नगर कार्यपालिका सदस्य नबलकिशोर दत्त, पशुसेवा केन्द्र सुरुङ्गाका पशु विकास अधिकृत भरतकुमार श्रेष्ठ, मार्गदर्शन नेपालका अध्यक्ष दुर्गाप्रसाद प्रसाई, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सुरेन्द्र प्रधान, नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन नगर अध्यक्ष केशर न्यौपाने, कनकाई छठ सेवा समाजका अध्यक्ष पवन शाह, कनकाई सामुदायिक वन समूहका नवनिर्वाचित अध्यक्ष ख्यामप्रसाद ओली, महिला एकता तथा वातावरण संरक्षण समितिका अध्यक्ष मान्ता खरेल, पूर्व जनप्रतिनिधि लक्ष्मीप्रसाद गुरुङ लगायतको आतिथ्य रहेको थियो ।
वडा सदस्य कृष्णमाया भुजेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य छबि थपलियाले गरेका थिए ।

