बिर्तामोड।
नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर यनियन बुद्धशान्तिको अध्यक्षमा सुबनकुमार थलङ चयन भएका छन् । संस्थाको प्रथम साधारणसभाले थलङको अध्यक्षतामा ११ सदस्यीय कार्य–समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष बुद्धीलाल राजवंशी, सचिव प्रकाश साम्सुहाङ, सह–सचिव करण थेबे, कोषाध्यक्ष नबिन धिमाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा ललित राई, द्रोणप्रसाद डाँगी, गणेश मगर, सेमल राजवंशी, कुलेन राजवंशी र किसन थुरुम्बो रहेका छन् । समिति चयनका लागि लक्ष्मी माबोको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । जसमा भुपेन्द्र थेबे र कुलबहादुर माबो सदस्य रहेका थिए ।
युनियनका अध्यक्ष सुबनकुमार थलङको सभापतित्व तथा नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियनका केन्द्रीय अध्यक्ष डिल्ली बाराकोटीको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा युनियनका आर्थिक संयोजक करण थेवेले स्वागत गरेका थिए ।
कार्यक्रममा झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेका सचिब दीपक सापकोटा, बुद्धशान्ति गाउँपालिका–३ का वडाध्यक्ष कमल उप्रेती, इञ्जिनियर गोपालप्रसाद खतिवडा, माओवादी केन्द्रका नेता श्यामवीर लिम्बू, नेविसंघ जिल्ला सह–सचिब भुपेन्द्र थेवे, वडा नं. २ का वडासदस्य राजेन्द्र पराजुली, फौदराज शेर्मा, इन्द्रकुमार राई लगायतले बोलेका थिए ।
कार्यक्रममा युनियनका अध्यक्ष सुबनकुुमार थलङले भावी कार्ययोजना र सचिव प्रकाश साम्सुहाङले आर्थिक गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव प्रकाश साम्सुहाङ (लिम्बू)ले गरेका थिए ।