Aamsanchar

नेपाल स्वस्थ्यकर्मी संघ झापाको बिबिध कार्यक्रमहरु सम्पन्न

Author Image
सोमवार, भदौ २६, २०७४

झापा,

नेपाली कांग्रेस पार्टीको बिषेश दिनमा नेपाल स्वस्थ्यकर्मी संघ झापाको आयोजनामा झापा जिल्लाभरी बिबिध कार्यक्रमहरु सम्पन्न भएका छन।

बिपि स्मिर्ति दिवसको अवसर पारेर लक्ष्मिनारायण मन्दिर, शिवस्ताक्षी नगरपालिका परिसरमा रहेका बृद्दबुदाहरु र कन्काई नगरपालिका कोटीहोम बस्नेत भवनमा भेलाभएका बु्द्दबृदााहरु गरी आईतावार जम्मा ९७ जना को स्वस्थ्य चेक जाँच गरी औषधि बितरण गरेबो जनाइएको छ ।

पहिलो दिन अर्जुनधारा नगरपालिकाको सालवाडिमा १७0 जना महिलाहरुको पाठेघर क्यान्सर परिक्षण [भि आई ए परिक्षण] गरी विपि दिवस मनाएको संघले देस्रो दिन बृद्दबृदाको स्वस्थ्य परिक्षण गरेको हो ।

यही अवधिमा झापाको दक्षिण क्षेत्र कुमरखोद समेत पुगेर बाडिपिडित लाई स्वस्थ्य राहत र सहयोग प्रदान गर्न समेत भ्याएको नेपाल स्वास्थयकर्मी संघको स्वस्थ्य कारयक्रमलाई आवस्यक बिभिन्न ब्रान्डका औषधीहरु विचिन्न संघसंस्थाले उपल्वध गराएको थियो ।

Views: 199

प्रतिक्रिया (०)