Aamsanchar

इतिहासकै जम्बो मन्त्रिमण्डल, तीन मन्त्रीले लिए सपथ

Author Image
सोमवार, भदौ २६, २०७४

काठमाण्डौं :

 सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड भंग गर्दै इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएका छन्।

५१ सदस्यीय देउवा नेतृत्वको मन्त्रिमण्डल मा आज चार मन्त्री थपिएपछि अब मन्त्रिमण्डल ५४ सदस्यीय बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कातर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिमण्डलमा विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापा सहभागि भएका छन् भने उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सपथ लिने कार्यक्रम छ।

मन्त्रिमण्डल जम्बो भएको भन्दै यतिबेला प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भइरहेको छ।-अन्नपूर्णबाट

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर