Aamsanchar

जितिया पर्व शुभारम्भ

Author Image
सोमवार, भदौ २६, २०७४

इटहरी ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–१५ एकम्वास्थित सघन थारू समुदायको बसोबास रहेको गाउँमा दलहन पोखरी (पूजा गर्ने ठाउँ) मा स्थापित जितमान भगवान्को विधिपूर्वक पूजापाठसहित धनुषबाण चलाएर जितिया पर्वको शुभारम्भ गर्नुभएको छ ।

सो अवसरमा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री गच्छदारले विश्वभर धार्मिक एवम् सांस्कृतिक सहिष्णुता सहितका पर्यटकीय भूमिको नामले परिचित नेपालका चाडपर्व सबैले मिलेर जोगाउन र अझ परिष्कृत तुल्याउँदै जान सकेको अवस्थामा नेपाल अझ समृद्ध बन्ने सक्ने बताउनुभयो ।

सबै नेपालीले एकापसमा मिलेर जातजाति, धर्म, सम्प्रदायबीच सहिष्णुतामा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

थारू महिला सभा इटहरी–१५ का अध्यक्ष वीरेन्द्रकुमारी चौधरीको अध्यक्षतामा भएको उक्त समारोहमा थारू नेतानेत्री कल्पना चौधरी, वेद गच्छदार, उर्मिला चौधरी, लक्ष्मी चौधरी, श्रवणकुमार चौधरी, सिर्जना चौधरीलगायतले जितिया पर्वबारे आआफ्नो दृष्टिकोण राख्नुभएको थियो ।

सो अवसरमा थारू समुदायको वेशभूषामा सजिएर आएका थारू महिला तथा पुरुषले पर्वका अवसरमा प्रयोग गर्ने चिचिरी भात, घुँगी, सेलरोटी, ठेकुवालगायत परिकार खानाका साथै धुमरा नृत्य र अन्य विभिन्न धार्मिक सांस्कृतिक लोकनृत्य प्रस्तुत गरेका थिए ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर