Aamsanchar

रुपान्तरित संसद कात्तिक ४ गते विघटन हुने

Author Image
सोमवार, भदौ २६, २०७४

काठमाडौं,

प्रतिनिधिसभा र प्रदेशसभामो चुनावी कार्यतालिका सार्वजनिक भएसँगै अहिलेको रुपान्तरित संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको छ ।

निर्वाचन आयोगले सोमबार पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते मनोनयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेसँगै संविधानको धारा २९६ (१) अनुसार संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको हो । धारा २९६ अनुसार संविधानसभा संविधान जारीपछि स्वत व्यवस्थापिका संसदमा रुपान्तरण हुने र त्यसको आयु २०७४ साल माघ ७ गतेसम्म व्यवस्था गरेको छ ।

तर त्यसभन्दा पहिल्यै प्रतिनिधिसभाको चुनाव हुने भएमा मनोनयनको अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद कायम रहनेछ व्यवस्था छ ।कात्तिक ५ गते आयोगले पहिलो चरणको चुनावका लागि मनोनयन गर्ने मिति तोकेसँगै रुपान्तरित संसदको आयु ४ सकिने निश्चित भएको हो ।

निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बैठकले दुवै तहको प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रत्यक्षतर्फ मंसिर १० गते हुने पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि कात्तिक १६ गते मनोनय दर्ता हुने आयोगले जनाएको छ ।

पहिलो चरणमा पहाडी तथा हिमाली ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । भने दोस्रो चरणमा बाँकी निर्वाचन क्षेत्रमा चुनाव हुनेछ । प्रत्यक्षतर्फ संघका लागि एक सय ६५ र प्रदेशका लागि तीन सय ३० निर्वाचन क्षेत्र कायम भइसकेको छ । यस्तै, समानुपातिक तर्फ चुनावमा भाग लिने राजनीतिक दलले उम्मेद्वारको बन्द सूची असोज २९ गते पेश गर्न भनेको छ । – प्रकाश ढकाल/उज्यालो ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर