दमक।

प्रहरीको सेटिङमा नै होटलहरुमा यौनधन्दा चल्ने गरेको र अन्य बिभिन्न तस्करी हुने गरेको बताउँदै यस्तो कार्य रोकिनुपर्ने सेवाग्राहीले माग गरेका छन् ।
इलाका प्रहरी कार्यालयले आफ्ना कार्यालयप्रतिका गुनासा सुन्न र सुझाव दिन आयोजन गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले होटलमा हुने गरेको यौनजन्य गतिबिधिको सन्दर्भ र बालुवा तथा अन्य सामग्रीहरुको तस्करीको बिषयमा कुरा उठाएपछि प्रहरीले यस्तो नभएको बताएको छ ।
होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगालले केही होटलहरुका कारण होटल क्षेत्र नै बद्नाम भएको बताउँदै सबैलाई एउटै आँखाले नहेर्न आग्रह गरेका थिए । स्वच्छ र मर्यादित रुपमा व्यवसाय गर्ने वातावरण मिलाउनका लागि उनले आग्रह समेत गरे ।

होटल व्यवसायी तथा केही नागरिकहरुले प्रहरीले होटलहरुमा सेटिङ नमिल्दा र अनावश्यक रुपमा छापा मारेको भन्दै यस्तो कार्य रोक्न माग गरेका थिए । नागरिक सुनुवाईमा सेटिङमा बालुवा तस्करी लगायतका कार्यहरु हुने गरेको भन्दै प्रहरीसँग यस बिषयमा जवाफ मागेका थिए ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले सेटिङको बिषयमा कुरा उठ्दा आफू छक्क परेको बताए । त्यस्तो हुन नसक्ने भन्दै उनले त्यस्तो कहाँ भएको छ, देखाउन आग्रह समेत गरे । कसैलाई पनि कानून बिपरीत काम गर्न छुट नदिइने समेत उनले बताए ।
इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले प्रहरीप्रति आएका गुनासा तथा बिभिन्न समस्याहरुको सामधान बिस्तारै हँुदै जाने बताए । उनले नागरिकको सकारात्मक सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता समेत जनाए ।


