सुरुङ्गा।

कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको नयाँ समितिलाई पद हस्तान्तरण गरिएको छ । कार्यक्रममा नवनिर्वाचित समितिका अध्यक्ष ख्यामप्रसाद ओली, उपाध्यक्ष ललित कार्की, सचिव मान्ता काफ्ले (खरेल), सहसचिव श्रीप्रसाद खरेल र कोषाध्यक्ष प्रकाश थापाले सपथ लिएका थिए ।
त्यसैगरी वन समूहको १७ वटा टोलका टोल संयोजकहरुले पनि सपथ लिएका थिए । साविक सुरुङ्गा गाविस अन्तर्गतको वार्ड नं. ४ का टोलहरुबाट निर्वाचित शिवहरि मैनाली, राजकुमार फुयाल, पुण्यप्रसाद शिवाकोटी, कृष्णप्रसाद सापकोटा र चन्द्रबहादुर कार्की, वडा नं. ५ का टोलहरुबाट निर्वाचित चन्द्रप्रसाद भेटवाल, देवीमाया रिजाल, होमप्रसाद बिमली, नेत्रप्रसाद आचार्य र सन्तोष राईले सपथ लिएका थिए ।
त्यसैगरी साविक सुरुङ्गाका वार्ड नं. ८ बाट निर्वाचित गोपाल सिग्देल, विष्णुप्रसाद भट्टराई, माधवप्रसाद ढकाल र भक्तमाया तिवारी, वडा नं.९ का टोलहरुबाट निर्वाचित अमरबहादुर कार्की, लीला प्रसाईं (चम्लागाईं) र सन्तोषकुमार रायमाझीले पनि सपथ लिएका थिए ।
त्यसैगरी १७ वटै टोलका सदस्यहरुले पनि सपथ लिएका थिए । निवर्तमान अध्यक्ष रूद्रप्रसाद चिमरियाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका सदस्य खिमप्रसाद आङ्बो, सेक्टर वन कार्यालय सुरुङ्गाका अधिकृत एकराज दाहाल, कनकाई वन समूहका संस्थापक अध्यक्ष केदारप्रसाद गिरी, समूहका पूर्व अध्यक्ष नारायण ओली, नेकपा एमालेका झापा जिल्ला सचिवालय सदस्य जनार्दन उप्रेती लगायतले बोलेका थिए ।
कार्यक्रममा नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष ख्यामप्रसाद ओलीले प्रतिबद्धता मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडयाल, सुकेडाँगी वन समूहका अध्यक्ष गंगाप्रसाद ढुंगेल, प्रजापति वन समूहका अध्यक्ष सूर्यकुमार थापा, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, होटल व्यवसायी संघ सुरुङ्गाका अध्यक्ष कमल चापागाई, कनकाईधाम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष गंगाराम दाहाल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा १७ वटा टोल र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन सम्पन्न गर्न खेलेको भूमिकाका लागि निर्वाचन समितिका संयोजक हिराकुमार थापा, सदस्यहरु नारायणप्रसाद पोखरेल र देवीप्रसाद बाँस्तोलालाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन निवर्तमान सचिव कविता बस्नेतले गरेकी थिइन् ।


