मोरङ।
सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार भन्सार छलेको सामनसहित ४ जनालाई पक्राउ गरेको छ।
उक्त कार्यालयबाट खटिको प्रहरीको टोलीले विराटनगर-१६ स्थित दरैया बस्तीबाट गस्ती गर्दै जाने क्रममा मोरङ बेलबारी-५ बस्ने सुजुनी देवी चौधरी, मोरङ ग्रामथान गाउँपालिका-२ बस्ने गहती देवी चौधरी, मोरङ विराटनगर-१६ बस्ने राजकुमार ठाकुर, छन्दन ठाकुरलाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट खाधान्न, प्लाष्टिकको फर्म, लत्ताकपडा गरी जम्मा ५० हाजर मुल्य बराबरको भन्सार छलेको सामान बरामद भएको छ।
साथै उनीहरुले प्रयोग गरेको साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारत जोगवनी ईस्लामपुर बस्ने अमजद खान, निकेश कुमार, शर्मा र विराटनगर-१५ बस्ने दिपक साहले भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको १८ वटा बोईलरा समेत बरामद गरेको छ।
बरामद समान आजै विराटनगर भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष निरौलाले जनाकारी दिनु भयो। त्यस्तै जिल्ला प्ररही कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले सुनसरी कोशी गाउँपालिका-८ बाट भन्सार छलेको ७८ हजार बराबरको बेबारिसे कपडा बरामद गरेको छ। बरामद कपडा आजै सेतुवन्धु भन्सार कार्यालय भण्टावारीमा बुझाईएको प्रहरी चौकी कोशी ब्यारेजले जनाएको छ।