काठमाडौँ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आठ फिट आठ इन्च लामो बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको टोलीले आज बूढानीलकण्ठ नगरपालिका वडा नं ८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छालासहित सुर्खेतका प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो ।
ब्युरोले शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) अनुसार संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गर्नेलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै जरिवना गर्ने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 123