Aamsanchar

यातायातमा यौन दुव्र्यवहार गर्ने ७१ पक्राउ

Author Image
बिहिवार, भदौ २९, २०७४

झापा।

नेपाल प्रहरीले उपत्यकाका सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि यौनजन्य दुव्र्यवहार गर्ने ७१ जनालाई पक्राउ गरेको छ ।
साउन १८ गतेदेखि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले शुरु गरेको सेफ्टी पिन अभियानमा ती व्यक्ति पक्राउ परेका हुन् । यसका लागि प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने विभिन्न सार्वजनिक सवारीसाधनमा सादा पोशाकमा एक महिना अघिदेखि निरन्तररुपमा प्रहरी परिचालन गर्दै आएको छ ।
उपत्यकामा चल्ने सवारीसाधनमा दुव्र्यवहार गर्नेमध्ये काठमाडौंबाट ६१ जना पक्राउ परेका छन् भने ललितपुर र भक्तपुरबाट ५–५ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार यौनजन्य दुव्र्यवहार र अपशब्द गालीगलौज गर्ने ४८, अश्लील हर्कत गर्ने १० र अन्य ५ जना पक्राउ परेका छन् ।
यस अभियान अन्तर्गत खटिएका प्रहरीले सार्वजनिक सवारीसाधनमा पाकेट मार्ने ८ जनालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये हिंसाको गाम्भीर्यता अनुसार २४ जनालाई मुद्दा चलाइएको छ भने ४७ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाइएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यौनजन्य दुव्र्यवहार र गालीगलौज गर्ने ४८ जनामध्ये सबैभन्दा बढी साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नातकोत्तर गरेका १ जना समेत रहेका छन् । यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ वर्ष उमेर समूहको बाहुल्यता रहेको महानगरीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर