Aamsanchar

सूचना नलुकाऊः प्रमुख आयुक्त

Author Image
बिहिवार, भदौ २९, २०७४

भद्रपुर ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. कृष्णहरि बाँस्कोटाले नयाँ संविधानमा प्रादेशिक सूचना आयोग गठन सम्बन्धि कानून जारी हुन नसक्दा आयोगलाई काम गर्न समस्या परेको बताएका छन् ।
सूचनाको हक सम्बन्धी सरोकारवाला निकायसँग वृहत् छलफल कार्यक्रममा सहभागी हुन झापा आएका प्रमुख आयुक्त बाँस्कोटाले प्रशासन कार्यालय झापामा पत्रकारहरुसँग गरेको संक्षिप्त कुराकानी यस्तो बताएका हुन् ।
उनले सरकारले नयाँ सविधानमा सूचना आयोग सम्बन्धी बुँदा नसच्याएर गम्भीर त्रुटी गरेको बताए । सरकारले संविधान संशोधनको बखत प्रादेशिक सूचना आयोगको अभाव भनेर धारा २७ राख्नुपर्ने वा २०६४को ऐनलाई तत्काल संशोधन गरेर भएपनि प्रादेशिक आयोग गठन गर्नुपर्नेमा बाँस्कोटा जोड दिएका छन् ।
अहिलेका स्थानीय तहका जनप्रनितिधि नै स्थानीय सरकार भएको उल्लेख गर्दै उनले अबका दिनमा सम्बन्धित नगरपालिका वा गाउँपालिका प्रमुखले आफ्नो कार्यालयमा हुने गरेका सम्पूर्ण सूचना सार्वजनिक गर्नुपर्ने बताए ।
उनले सूचना लुकाउने काम सरकारी कार्यालयबाट भए त्यो सूचानाको हक विपरीत हुने बताउँदै सूचना अधिकारीमार्फत् पारदर्शी रुपमा सूचना प्रवाह गर्न झापाका सरकारी कार्यालय र जनप्रतिनिधिलाई आग्रह गरे ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर