Aamsanchar

जामुनवारी वनमा कांग्रेसको वर्चश्व

Author Image
बिहिवार, भदौ २९, २०७४

सुरुङ्गा।

जामुनवारी सामुदायिक वन उपभोक्ता समूह कनकाई नपा २ र १ को चुनावमा नेपाली कांग्रेसले वर्चश्व कायम गरेको छ ।
मंगलवार भएको चुनावमा ६ पद मध्ये अध्यक्ष र सचिवसहित ४ पदमा नेपाली कांग्रेस समर्थित उम्मेदवार विजयी भएका छन् भने २ पदमा नेकपा एमाले समर्थित उम्मेदवार बिजयी भएका छन् । अध्यक्ष पदमा ५ सय ३० मतसहित ख्याम सिटौला विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ऋषिकेश खतिवडाले १ सय ९० मत पाएका थिए । अध्यक्ष पदमा मनोनयन गर्नुभन्दा ३ दिन अघि मात्र शिक्षण पेशाबाट राजीनामा दिएका सिटौला नेपाली कांग्रेसभित्रका जनतामा भिजेका, सहयोगी र कुशल युवा नेताका रुपमा परिचित छन् ।

त्यसरी नै सचिव पदमा मनिता राई ५ सय १६ मतसहित विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी शोभा भण्डारीले १ सय ६७ मत पाइन् । सहसचिव पदमा ४ सय १२ मत ल्याएर बबिता गिरी चुनिइन् भने उनकी प्रतिद्वन्द्वी शारदा बरालले २ सय ३५ मत पाइन् ।
त्यसरी नै कोषाध्यक्ष पदमा बुद्धिमान बोहोरा ३ सय ६३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी प्रेमप्रसाद अधिकारीले ३ सय ११ मत प्राप्त गरे । अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा नेपाली कांग्रेस निकट उम्मेदवारले बाजी मारे भने २ उपाध्यक्ष पदमा एमाले निकट उम्मेदवार विजयी भए । उपाध्यक्ष पदमा धननारायण श्रेष्ठ(सुमन)ले २ सय ६७ र दिलकुमार राईले २ सय ६६ मत ल्याइ विजयी भए भने दीपक बोहोराले २ सय ५६, गम्भीरबहादुर राईले २ सय ६, टेकबहादुर खवासले १ सय ७८ र नारद गिरीले १ सय ३ मत पाएका थिए ।

६ पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । उक्त वन समूहको चुनावमा ७ सय ५४ जना उपभोक्ता मतदाता रहेका थिए । चुनाव सम्पन्न गर्न रुद्रबहादुर बोहोरा संयोजक र दिननाथ खतिवडा सचिव रहेको निर्वाचन समितिले भूमिका निभाएको थियो ।

Views: 146

प्रतिक्रिया (०)