Aamsanchar

बिर्तामोडमा टाटा मोटर्स कार मेला र टाटा टिगोरको लञ्चिङ

Author Image
बिहिवार, भदौ २९, २०७४


बिर्तामोड ।
शुक्रबारबाट बिर्तामोडमा दुईदिने टाटा मोटर्स कार मेला शुरु हुँदैछ ।
हवी स्वीमिङ पुलमा हुने टाटा मोटर्स कार मेलाको उद्घाटन शुक्रबार बिहान सांसद सुधिरकुमार शिवाकोटी र बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटीले गर्ने बिहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सीप्रदी टे«डिङ प्रालि र आधिकारिक डिलर अलास्का अटो मोवाइल्सको संयुक्त आयोजनामा उक्त मेला हुन लागेको अलास्का अटो मोवाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटीले बताए ।
भदौ ३० गते सुरु हुने मेला भदौ ३१ गते बिहान ९ देखि साझ ६ बजेसम्म सञ्चालन हुनेछ । नेपालका विभिन्न स्थानमा वार्षिक रुपले आयोजना गरिँदै आएको उक्त मेला बिर्तामोडमा भने पहिलोपटक हुन लागेको जनाइएको छ ।


टाटा कार मेलाको मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, अन द स्पट फाइनान्स सुविधा, पुराना गाडीहरुको उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्स लोयल्टी बोनस, स्विमिङ्ग पुल, रेन डान्स, फेस पेन्टिङ्ग, नेल आर्ट, बी–बोईङ्ग, हिपहप फोटोसुट लगायत विभिन्न सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।
साथै उक्त मेलामा टाटाले मोटर्स्द्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको स्टाइलब्याक कार, टाटा टिगोर उद्घाटन कार्यक्रम पनि रहेको कुरा कम्पनीले जानकारी गराएको छ । विशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्णलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

पत्रकार भेटघाटमा अलास्काका प्रबन्ध निर्देशक शिवाकोटी, कर्पोरेट मेनेजर सञ्जिव ओली, सेल्स मेनेजर गोपी खनाल तथा सिप्रदीका प्रज्वल उप्रेती, सुवासकुमार दास र अनुपप्रसाद चौधरीले पत्रकारका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए ।
टाटा टिगोर कार चारवटा मोडल र छ वटा कलरमा उपलब्ध रहेको बताइएको छ । मेलामा टाटा टिगोर कारको लञ्चिङसँगै फाइनान्सको व्यवस्था समेत मिलाइएको छ । एनआइसी एसिया बैंकले फाइनान्स गर्ने, प्रिमियर इन्स्योरेन्सले इन्स्योरेन्सको सुविधा मेला स्थलमै उपलब्ध गराउने भएको छ । पुरानो गाडीको मूल्याङ्कनका लागि सिप्रदीको विशेषज्ञ टोलीसमेत मेला स्थमै रहने बताइएको छ । जुनसुकै कम्पनीका कार ल्याएर पनि टाटाका कार लैजान सकिने बताइएको छ ।
मेलामा एक हजार बढीले अवलोकन र सेवा लिने पत्रकार भेटघाटमा जानकारी दिइयो । टाटा टिगोर कार नेपाल भित्रिएको छोटो अवधिमै डेढ सय बढी बिक्री भइसकेको बताइएको छ । मेचीमा भने यो कार पहिलो पटक शुक्रबारबाट बिक्री वितरण हुँदैछ । दुईवटा कारको अग्रिम बुकिङ भइसकेको अलास्का अटो मोवाइल्सले जनाएको छ । १२ सय सीसीको यो कार २३ लाख ४५ हजारदेखि ३१ लाख ४५ हजारसम्मको मूल्यमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर