काठमाडौं,
बालबालिकामा केन्द्रित प’स्तक कर्म : सिकाइमा गहिरिएको खाडल प’स्तक ल्याएर बालबालिका सम्बन्धि विषयमा बहस चलाउन सफल लेखक दामोदर न्यौपानेको तेस्रो कृति ट्यालेन्ट शो सार्वजनिक भएको छ । कान्तिपुर दैनिकका पत्रकार तथा लेखक दामोदर न्यौपानेले बालचित्रकथा ट्यालेन्ट शो बालबालिकाले विमोचन गरे ।
अक्षरका स्कुलका कक्षा ८ का छात्रा श्रीतिका तिमल्सिना, कक्षा ७ का छात्र एलेक्स अधिकारी र एसओएस हर्मन माइनर स्कुल १२ कक्षाकी छात्र सुजिता न्यौपानेले सार्वजनिक गरे । पुस्तकमाथि टिप्पणी गर्दै श्रतिकाले कथाको विषयवस्तु आफूलाई मन परेको बताइन् । ‘यसमा स्वाभिमान र सानु गरी दुई जना मुख्य पात्र छन्, ‘उनले टिप्पणी गरिन्, ‘शुरुमा सानी ट्यालेन्ट शोमा भाग लिन पाउछु भनेर खुशी भएकी हुन्छे ।
उसले परिवरालाई पनि ट्यालेन्ट शो हेर्न बोलाएकी हुन्छे । तर पछि उसलाई छान्दैनन् । कक्षामा अलि जान्नेलाई मात्रै अघि सार्छन् । त्यसले गर्दा सानी निराश हुन्छे । उसलाई मनोवैज्ञानिक प्रभाव पर्छ । उ झन् राम्रोस“ग पढ्न मान्दिन् । खाना पनि राम्रोस“ग खान मान्दिन् । उसमा मनोवैज्ञानिक असर परेपछि सानीको सानुबाबाले यो कथा पत्रिका लेखिदिन्छन् ।
पत्रिकामा छापिएपछि यो कथाले चर्चा पाउ“छ । प्रिन्सिपलले बोलाएर अर्काे पटक भाग लिन दिने वचन दिन्छन् । अनि सानी खुशी हुन्छे । यसमा बालमनोविज्ञानलाई राम्रोगरी केलाइएको छ ।’
एलेक्सले पनि कथा आफूलाई निकै मन परेको बताए । ‘मेरो स्कुलमा जान्ने र नजान्नेबीच कुनै भेदभाव छैन,’ उनले टिप्पणी गरे तर अरु स्कुलमा यो समस्या रहेछ । अब यस्तो भेदभाव नगर्नु होला । सबैलाई समान अवसर दिनु होला ।’ बालसाहित्यकार तथा पत्रकार नेत्र तामाङले पहिलो कथा भएपनि शसक्त रहेको प्रतिक्रिया दिए । ‘यो मेरै कथा जस्तो लाग्यो,’ तामाङले भने, ‘शिक्ष्ँकले साना साना कुरामा ध्यान नदिंदा बालबालिकाले मनोवैज्ञानिक असर व्यहोर्नु परेको छ । यो कथाले मेरो मन छोयो ।’ अर्का बालसाहित्यकार श्रीराम राइले आफ” पनि बालसाहित्य लेख्ने भएकाले न्यौपानेको कृति इष्र्यालाग्दो भएको प्रतिक्रिया दिए ।
‘विद्यालयमा जान्ने विद्यार्थीलाई मात्र प्राथमिकता दिइने जीवन्त समस्यालाई प’स्तकमा उठाइएको छ,’ राईले भने, ‘अरु विद्यार्थी प िनसवल ह’न्छन् भन्ने देखाइएको छ । कथामा ह’न’ पर्ने सबै तत्व छन् । द्वन्द्व पनि शसक्त रुपमा देखाइएको छ ।’ लेखक न्यौपानेले बालबालिकालाई हेर्ने हाम्रो दृष्टिकोण र व्यवहार गर्ने तरिका बदल्न’ पर्छ भन्ने अभियान अन्तरगत यो प’स्तक आएको् बताए ।
उनको यस अघि एमब’समा ६ वर्ष र कर्म : सिकाइमा गहिरिएको खाडल सार्वजनिक भएका छन् । प’स्तक स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।