तेह्रथुम।
तेह्रथुममा स्थानीय तहको चुनावमा निर्वाचित भएका दलित तथा महिला जनप्रतिनिधि सम्मानित भएका छन् ।
दलित सचेतना समाज नेपालले आफ्नो १९ औँ वार्षिक साधारणसभामा बिहीबार जिल्लाभर निर्वाचित दलित महिला, संस्थाका पूर्वकर्मचारी र सामुदायिक संस्थाका सदस्य गरी ६९ जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
कार्यक्रममा सांसद भवानीप्रसाद खापुङ र जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले अबीरजात्रा गर्दै ढाकाको खादा ओढाएर सम्मानपत्रले सम्मान गर्नुभयो ।
संस्थाले आर्थिक वर्ष २०७३÷०७४ को रु ५७ लाख ७४ हजार ७९० बराबरको आयव्यय विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सामाजिक क्षेत्रमा क्रियाशील संस्थालाई आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्न सुझाव दिएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 146