Aamsanchar

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको– अध्यक्ष केपी ओली

Author Image
शनिवार, भदौ ३१, २०७४

विराटनगर।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाउनुभयो ।
उहाँले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गर्नुभयो । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले भ्रष्टाचारको विषयमा एमाले मौनता साध्दैन् र भ्रष्टाचार भएको छ भने मतियार पनि नहुने स्पष्ट पार्नुभयो ।

उहाँ सुनसरीको दुहवीमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आउनुभएको हो ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर