Aamsanchar

वृहत सरसफाइ कार्यक्रम

Author Image
शनिवार, भदौ ३१, २०७४

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित छहारी टोल विकास संस्था र जागृति आमा समूह आँखा अस्पतालचोकको सहकार्यमा आज सो क्षेत्रमा वृहत सरसफाइ कार्यक्रमको आयोजना गरियो ।
विजया दशमी, शुभदिपावली, छट र नेपाल संवत् पर्वको अवसर पारेर आयोजित सरसफाइ कार्यक्रमको वडाध्यक्ष तीर्थराज अधिकारीले सो कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा उहाँले स्थानीय पहल र जनप्रतिनिधिको सामूहिक प्रयासबाट मात्र पोखरालाई प्रदूषणमुक्त सहरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य राधिका योगीले सरसफाइ कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै नगरपालिकाबाट वडाको समग्र विकासमा सक्दो सहयोग पुग्ने बताउनुभयो ।
सरसफाइ कार्यकक्रममा महानगरपालिकाबाट दश थान डोका, पाँच थान कुचा, दुईवटा फोहोर संकलन गर्ने ट्रक एवं समृद्धचेतना समाज नेपालद्वारा माक्स र पञ्जा उपलब्ध गराएको छहारी टोल विकास संस्थाका अध्यक्ष लीलबहादुर घर्तीले जानकारी दिनुभयो ।
जागरण आमा समूहका अध्यक्ष शिशिर थापा गोदारकाअनुसार सो अवसरमा आँखा अस्पताल चोक, पाण्डव टोल विकास संस्था, उपल्लो रातोपैह्रा, घारिपाटन लगायतका क्षेत्रमा गरिएको सरसफाइ तथा जनचेतना अभिवृद्धि कार्यक्रम दुई सयजना भन्दा बढी स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
पछिल्लो समय पोखरामा क्रियाशील विभिन्न संघ संस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा प्रत्येक शनिबार सरसफाइ गर्दै आएको देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर