Aamsanchar

यातायात कार्यालय मेचीमा एक करोड हिनामिना ! लेखा अधिकृत निलम्बनमा परे

Author Image
आइतवार, असोज १, २०७४

काठमाडौं ।

यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराई निलम्बनमा परेका छन् ।

झण्डै एक करोड रकम हिनामिना गरेको आरोपमा यातायात व्यवस्था विभागले भट्टराईलाई निलम्बन गरेको हो ।

विभागका अनुसार कार्यालय प्रमुख चुनावमा खटिएका बेला लेखा अधिकृत भट्टराईले ९२ लाख ३ हजार १६३ रुपैयाँ सरकारी कोषमा दाखिला नगरेका हुन् ।

पटक-पटक ताकेता गर्दा पनि आलटाल गरेपछि उनलाई निलम्बन गरिएको र थप छानविन गरी कारबाही गर्न अख्तियारमा पठाइएको विभागले जनाएको छ ।-साभार: अनलाइनखबर

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर