काँकडभिट्टा,

साहित्यकार कृष्ण धरावासी र कुमार भट्टराईकी आमाको स्मृतिमा स्थापित ‘आमा सम्मान’ यस वर्ष झापा अर्जुनधारा– ९ की दिलमाया अधिकारीलाई दिइने भएको छ ।

अम्बिका प्रतिष्ठानको आज बसेको बैठकले रु १० हजारसहितको सम्मान दिने निर्णय गरेको हो । महाष्टमीका दिन अम्बिका भट्टराईको पुण्यतिथिमा सो पुरस्कार दिइने प्रतिष्ठानका महासचिव कुमारले बताउनुभयो ।
Views: 154

