Aamsanchar

जनआन्दोलनका कमाण्डर सिंहको सालिकमा माल्यार्पण

Author Image
सोमवार, असोज २, २०७४

काठमाडौँ,

विसं २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।

सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको स्व सिंहको सालिकमा माल्यार्पण गर्दै काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । “नेपाली राष्ट्रिय राजनीतिमा स्व सिंहको जति गुणगान गाए पनि पुग्दैन”, नेता सिंहले भन्नुभयो ।

पदभन्दा पनि जनताको हकहितका लागि लड्ने व्यक्ति गणेशमान भएको चर्चा गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकतामा राखेमात्र देश विकास हुने बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति सबुज बानियाँले स्व सिंह नेपाली राजनीतिका अनुकरणीय व्यक्ति भएको र उहाँबाट राजनीतिक दलले पाठ सिक्नुपर्ने बताउनुभयो ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर