Aamsanchar

सप्तरीमा नक्कली मतदाता पक्राउ

Author Image
सोमवार, असोज २, २०७४

राजविराज,

प्रदेश नं. २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आज एक नक्कली मतदाता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर