Aamsanchar

अश्लिल कृयाकलापमा संम्लग्न दुई पक्राउ

Author Image
सोमवार, असोज २, २०७४

मोरङ।

इलाका प्रहरी कार्यालय रानीले “अपरेशन फक्स” होटल लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत सोमबार अश्लिल कृयाकलापमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाकी एक महिला र मोरङ विराटनगर-१४ बस्ने एक पुरुष रहेका छन्। उनीहरुलाई विराटनगर-१५ स्थित सहारा होटल एन्ड बारबाट दिउँसो २ पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

Views: 125

प्रतिक्रिया (०)