Aamsanchar

भद्रपुर नगरपालिकाको बजेट ६० करोड ७० लाख

Author Image
सोमवार, असोज २, २०७४

भद्रपुर ।

भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम सहितको प्रथम नगरसभा सोमबार सम्पन्न गरेको छ ।
सेवाप्राप्तिमा सर्वसुलभता, छिटो र गुणस्तरीयता कायम गर्ने, नगरपालिका प्रति आमनागरिकहरुको आस्थालाई बृद्धि गर्ने, नगरबासीहरुको आर्थिक सामाजिक अवस्थामा सुधार गर्ने, भौतिक पूर्वाधारको विकास गर्नुका साथै मानवीय संसाधनको परिचालन र विकास गर्ने, लक्षितवर्गको सशक्तिकरण गर्ने उद्देश्यका साथ विभिन्न विषयलाई प्राथमिकतामा राख्दै वडाहरुलाई बजेट दिने तथा सडक निर्माण र स्तरोन्नती, पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक उपार्ज नगर्ने, कृषि पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसाशीयकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा बृद्धि, सामाजिक सुरक्षा भत्ता वितरण सहजता, संस्थागत क्षमतामा बृद्धि, सेवा प्रवाहमा प्रभावकारीता र शुसानमा जोड दिँदै नगरपालिकामा सम्पन्न नगर सभामा सभाध्यक्ष जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।
नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठले वर्ष ०७४।७५ का लागि ६० करोड ७० लाख ६० हजार ८४० रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।
नगरसभाले वडाहरुमा जाने बजेटमा प्राथमिकता दिँदैे नगरपालिकालाई प्राप्त वित्तीय समानीकरण तथा आन्तरिक आय र राजश्व बाँडफाँडबाट प्राप्तकूल बजेट ६० करोडको ९ प्रतिशत प्रशानिक खर्चतर्फ ६.२९ प्रतिशत कार्यक्रमगत खर्च, १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशतश सर्त अनुदान, १७.१३ प्रतिशत ठूला पूर्वाधार र नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ ३.५४ प्रतिशत भवननिर्माण तर्फ १.६४ प्रतिशत सवारी साधन खरिदतर्फ १.६४ प्रतिशत मेसिनरी औजार तथा फर्निचर खरिदतर्फ. ३.०४ प्रतिशत मर्मत सम्भार कोष, समुपुरक कोषतर्फ ४.१४ प्रतिशत वित्तीय समानीकरण समावेश भएका कार्यालयहरुतर्फ १.५९ प्रतिशत लक्षितवर्ग विकास कार्यक्रमतर्फ २.८५ प्रतिशत प्रवद्र्धनात्मक कार्यक्रमतर्फ ७.१६ प्रतिशत नगरस्तरीय र वडास्तरीय योजना सञ्चालन, ०.५४ सावाव्याज भुक्तानीतर्फ, ३.२९ प्रतिशत अघिल्लो वर्षको योजनाको भुक्तानीतर्फ बजेट विनियोजन गरिएको छ ।
कार्यक्रममा योजनाका विषयमा कार्यकारी अधिकृत काजीमान राईले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन वडा नं. १ र २ का वडा सचिव मदन कडेलले गर्नुभएको थियो । नगरपालिकाको कार्यपालिका सदस्य, नगरसभा सदस्य र कर्मचारीहरुको सहभागिता रहेको नगरपालिकाको सभाहलमा संचालित कार्यक्रममा वडाअध्यक्ष, सदस्यहरुले आआफ्ना विचार प्रस्तुत गरेका थिए ।-TIMES OF PRADESH

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर