Aamsanchar

झापा प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल सुरु

Author Image
सोमवार, असोज २, २०७४

भद्रपुर ।

झापाको भद्रपुरस्थित मेची रंगशालामा झापा जिल्ला प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

मुनाल क्लव भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीद्धारा आयोजित प्रतियोगिताका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलले उद्घाटन गर्नु भएको खेलमा सैनिक फुटबल टे«निङ्ग सेन्टर सजिलै क्वाटरफाइनलमा प्रवेश गरेको छ । आधा दर्जन गोल गर्दै सैनिकले दमक फुटबल टे«निङ्ग सेन्टरलाई पराजित गरेको छ । एक सुसाईटसहित दमकले दुई गोल फर्काएका थिए ।

 

पहिलो हाफमा दुवै टिमले दुई÷दुई गोल गरेर बराबरीमा टुगाएका थिए । तर, सुरु देखि मैदानमा आक्रमक पारी खेलका सैनिकका तर्फबाट विकेश लिम्बुले प्यालेन्टी सुटआउट प्रहार गर्दै ह्याट्रीक गोल गर्दै टिमलाई विजयी दिलाएका छन । लिम्बुले खेलको ११ औ, २३ औ र ७० औ मिनेटमा गोल गरेका थिए । २३ औ मिनेटमा दमकका प्रकाश गिरीले पहिलो कार्ड पाएपछि लिम्बुले प्यालेन्टी सुटआउटको सदउपयोग गरेका थिए ।

 

त्यस्तै सैनिककै तर्फबाट दोस्रो हाफ्मा मैदानमा प्रवेश गरेका विशान राईले दुई गोल गरेका थिए । राईले खेलको ५१ औ र ५७ औ मिनेटमा गोल गरेका थिए, भने बालकष्ृण राईले ४१ औ मिनेटमा एक गोल गरेका थिए । पहिलो हाफ्मा दमकका तर्फबाट युगेन लिम्बुले ३३ औ मिनेटमा एक गोल फर्काएका थिए भने सैनिकका निश्चल लिम्बुले सुसाईट गोल गरेका थिए ।

 

खेलको म्यान द म्याच सैनिकका विकेश लिम्बु घोषित भएको आयोजक समितिले जनाएको छ । भोली मंगलबार केरखा र जलथल फुटबल टे«निङ्ग सेन्टर बिच हुनेछ । चन्द्रगढी फुटबल एकाडेमी आयोजक समितिका संयोजक युगलकिशोर राईको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, संघिय प्रहरी इकाई भद्रपुरका एसएसपी पिताम्बर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर