शान्तिराम बस्नेत/
शिवसताक्षी,
नेपाल रेडक्रस सोसाइटी, झापा शाखाको आयोजनामा एक दिवसीय रेडक्रस तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयका युथ डेलिगेट सवनम थापा, नेपाल रेडक्रस सोसाइटी झापाका कर्मचारी गौतम मण्डलले तालिमको सहजीकरण गरेका थिए ।
तालिममा शिवसताक्षी नपा अन्तर्गतका शिवगञ्जको जनआदर्श मावि, चन्द्रडाँगीस्थित शुक्र मावि तथा दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविमा रहेका जुनियर तथा युवा रेडक्रस सर्कलका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु २१ जनालाई सो तालिम दिइएको हो ।
उक्त तालिममा रेडक्रसको कार्यक्षेत्र, इतिहास, जुनियर रेडक्रस सर्कलले गर्नुपर्ने कार्य, नेतृत्व लिन सक्ने क्षमता, लगनशीलताका बारेमा सहजीकरण गरिएको थियो । जुनियर रेडक्रस सर्कल विद्यालयमा गठन हुने भएकाले विद्यालयमा आइपर्ने सानातिना भवितव्य घटना र त्यसको उपचार, सर्कलको काम, कर्तव्य र अधिकारका बारेमा समेत जानकारी गराइएको थियो ।
दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा भएको तालिमको संयोजन जनआदर्श मावि, शिवगञ्जका जुनियर तथा युवा रेडक्रस सर्कल अध्यक्ष जीवन सिंह राजवंशीले गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीको आतिथ्यता रहेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 235