Aamsanchar

बुधबारे जेसीजको सप्ताह कार्यक्रम सकियो

Author Image
सोमवार, असोज २, २०७४

बुधबारे । 


बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम त्रिभुवन मावि बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक जनचेतना मूलक कार्यक्रम गर्दै सोमबार सकिएको छ ।
बुधबारे जेसीजका कार्यवहाक अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व, जेसी प्रकाश भण्डारीको संयोजकत्व तथा ट्राफिक प्रहरी पोष्ट शनिश्चरेका प्रमुख जनक खड्काको प्रमुख आतिथ्यमा जेसीज सप्ताह अन्तर्गत अन्तिम दिन सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक जनचेतना मूलक कार्यक्रम भएको बुधबारे जेसीजका महासचिव अनिल वाग्लेले जनाएका छन् ।
कार्यक्रममा जेसी केशव खुलालले जेसीज आस्था वाचन गरेका थिए भने कार्यक्रम संयोजक भण्डारीको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा त्रिभुवन माविका निमित्त प्रधानाध्यापक तारानिधि वाग्लेले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रशिक्षक खड्काले ट्राफिक नियम तथा दुर्घटना न्युनिकरणका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
बुधबारे जेसीजले जेसीज सप्ताह अन्तर्गत स्वास्थ्य शिविर, कृषिराज्यमन्त्री सरिता प्रसाई सहित ११ जनालाई सम्मान, रक्तदान, स्लो मोटरसाइकल रेस, सवारी दुर्घटना न्युनिकरणका विषयमा विभिन्न कार्यक्रम गरेको कार्यवहाक अध्यक्ष पोखरेलले जनाएका छन् ।

 

जेसीज सप्ताहको समापनको अवसरमा बुद्धशान्ति १ का स्वास्थ्यकर्मी अर्जुन ढकाललाई जेसीज प्रवेश तथा ट्राफिक प्रहरी पोष्ट शनिश्चरेका प्रमुख जनक खड्कालाई कदरपत्रद्धारा सम्मान गरिएको महासचिव वाग्लेले बताएका छन् ।

Views: 221

प्रतिक्रिया (०)