Aamsanchar

करेन्ट लागेर बालकको मृत्यु

Author Image
मङ्गलवार, असोज ३, २०७४

मोरङ।

मोरङको कटहरी गाउँपालिका-२ मा मंगलबार करेन्ट लागेर एक बालकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा विराटनगर महानगरपालिका-१९ घर भइ हाल कटहरी-२ स्थित मामा घर बस्दै आएका ८ बर्षिय अमित ऋषिदेव रहेका छन्।

उनलाई विहान ७;३० बजेतिर सोही ठाउँको उत्सव ईटाभट्टा भित्र पार्किङ गरि राखेको को १ ख ३२८० नम्बरको ट्रकमा खेल्ने क्रममा बिजुलीको तार उक्त ट्रकमा छुन गइ अचानक करेन्ट लागेको थियो।

बालकलाई उपचारकोलागी कोशी अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर