[शान्तिराम बस्नेत]
शिवसताक्षी,


झापाको शिवसताक्षीस्थित झिलझिलेमा दोस्रो सताक्षी गोल्डकप हुने भएको छ । सतासीधाम स्र्पोटिङ क्लब, झिलझिलेको आयोजनामा सम्पन्न हुन लागेको उक्त प्रतियोगिता आउँदो कार्तिक २८ गतेदेखि मंसीर ७ गतेसम्म सम्पन्न हुने एक पत्रकार सम्मेलनमा बताइएको छ ।
झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन नेपालका ७ वटा ए डिभिजन टीम, १ विदेशी, १ आमन्त्रित तथा आयोजक सहित १० टोली सहभागी हुने पत्रकार सम्मेलनमा बताइएको छ ।

यसरी सहभागी हुने फुटबल टीमहरुमा झापा ११, रुपेन्दही ११, मनाङ मस्र्याङदी क्लब, ३ विभागीय टीमहरु पुलिस, आर्मी र एपीएफ, मोरङ ११ र आयोजक रहने छन् त्यसैगरी थ्रीस्टार र भारतको मध्यप्रदेश डामअफ गोल एकाडेमीसंग कुरा चलिरहेको आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङले बताए ।
प्रतियोगितामा विजेता टिमलाई ५ लाख र उपविजेतालाई साढे दुई लाख नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले बताएको छ । करिब ८१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य आयस्रोत उद्यमी, व्यवसायी गेट टिकट तथा फुटवलप्रेमीवाट प्राप्त हुने आर्थिक समिति संयोजक गणेश प्रधानले जानकारी दिए ।
आयोजक समितिका अध्यक्ष रमेश लावतीले पहिलो गोल्डकपको चुनौती, अनुभवबाट सिकेका कुरालाई सुधार गरी दोस्रो गोल्डकप अझ व्यवस्थित बनाइने बताए । उनले यो क्लब दिमागमा समझदारी, छातीमा इमान्दारी र काँधमा जिम्मेवारी बोकेर कार्य गर्ने भएकोले यस गोल्डकपलाई सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सबैमा आग्रह गरेका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लबले रुपेन्दही ११ लाई हराउँदैं प्रथम गोल्ड कप उचालेको प्रतियोगिता गत ०७३ बैशाख २५ देखि ०७३ जेठ १ गतेसम्म सम्पन्न भएको थियो ।

