काठमाडौँ,
महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध रुपमा भन्सार छली ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतको नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १०२ नं को बसमा प्रभागबाट खटिएको टोलीले आज जाँच गर्दा भन्सार छलेर ल्याएको सामानसहित चालक काभ्रेका रवीन्द्रप्रसाद महजु र सहचालक भक्तपुरका श्यामसुन्दर नकर्मीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकासँग दुई हजार ३२६ थान सुटका कपडा र १० थान हाते झोला बरामद गरिएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।
बरामद कपडासहित उनीहरुलाई आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 53