Aamsanchar

नागवेली सुपारी साकोसद्धारा नागवेली वृद्धभक्ता वितरण शुरु

Author Image
बुधवार, असोज ४, २०७४

आयुष निरौला/शान्तिनगर ।

नागवेली सुपारी उत्पादन सहकारी संस्था लिमिटेड बुद्धशान्ति ५ शान्तिनगरले ८० बर्ष माथीका वृद्धवुद्धालाई मासिक नागवेली वृद्धभक्ता वितरण शुरु गरेको छ ।

 

संस्थाले चौथों वार्षिक साधारण सभाको अवसरमा ८० बर्ष माथीका वृद्धवुद्धालाई मासिक २०० रुँपैया अनुदान स्वरुप नागवेली वृद्धभक्ता वितरण शुरु गरेको हो ।
नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवि प्रसाद खतिवडाको प्रमुख आथित्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष गंगाराम राईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि संस्थाका लेखा प्रतिवेदन लेखा समितिका अध्यक्ष युवराज खतिवडाले प्रस्तुत गर्नुभयोे ।
संस्थाले यो आर्थिक वर्षमा प्रतिशेयर १४।३८ प्रतिशत नाफा ,३६ लाख ७२ हजार सेयर पुजी पुर्याउनुका साथै संस्थाका रकम ९१ लाख पुर्याएको व्यवस्थापक यदुनाथ पराजुलीले जानकारी दिनुभयो ।
वि। स। २०६६ साल असार २१ गतसहकारी ऐन अन्र्तगत स्थापना गरेको उक्त सहकारीमा अहिले ९५ महिला र १४५ पुरुष गरि २४० जना सेयर सदस्य रहेको छ ।बार्षीक साधारण सभाका अवसरमा संस्थाले जेष्ठ नागरिक र सहकारीका सदस्यहरुको परिवारबाट यसपालीका एसईईमा उत्कृष्ट ग्रेड ल्याउने एक छात्र र छात्रालाई सम्मान पनि गरेको छ ।
यसरी सम्मानित हुनेमा जेष्ठ नागरिक तर्फ गुणमान श्रेष्ठ र विर बहादुर पुलामी त्यसैगरि एसईई तर्फ प्रज्वल श्रेष्ठ र अष्मिता पौड्याल रहनुभएको छ ।
संस्थाका अध्यक्ष गंगाराम राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति खतिवडा, विशेष अथिति हाम्रो शान्ति महिला सुपारी सहकारीका अध्यक्ष चम्फा खतिवडा, हिम शिखर साना किसान कृषि सहकारीका अध्यक्ष धन बहादुर श्रेष्ठ, संस्थाका पुर्व अध्यक्ष रुद्रमणी खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र खतिवडाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य हेमराज भट्टराईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर