चितवन,
चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ ।
बिहान ११पश्चिम चितवनको पदमपोखरीस्थित केरुङगा खोला तर्न लाग्दा ख बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी पर्सा ठोरी घर भई भरतपुर–२२ स्थित नारायण पौडेलको घरमा काम गर्दै आएका प्रहरीको भनाइ छ । गीतानगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपाल रानाका अनुसार खोलाले बगाएपछि उनको टाउको ह्यूम पाइपभित्र अड्किएको थियो ।
शवको मुचुल्का गरी परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा पठाइएको रानाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 123