खुदुनाबारी ।


सुखानी कृषि सहकारी संस्था लि.ले को आफना साधारणसभामा जनप्रतिनिधि,नियमित बचत कर्ता सहित असल ऋणी ४ जनालाई सम्मानित गरेको छ ।
त्यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–२ र ३ का वडा अध्यक्ष क्रमश रघुनाथ खनाल,जीवन कुमार भण्डारी,नियमित बचत कर्ता असोक शाह,नुम प्रसाद आचार्य,असल ऋणी तर्फ केशव बास्कोटा सम्मानपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिर्थी युवा सरोकार कोष जिल्ला अनुगमन तथा समन्वय समिति सदस्य सचिव सन्तोष सापकोटाको उपस्थिती थियो भने कार्यक्रम सम्पन्न संस्थाका अध्यक्ष बृद्ध बराइलीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रम बिच आन्तरिक लेखा परिक्षण लेखा संयोजक केशवराम शर्मा,महालेखाको परीक्षण बृद्ध बराइलीले प्रस्तुत गरेका थिए । खुदुनाबारी कृषि सहकारी संस्था लि.प्रतिनिधि रेणुका खवास,सुखानी सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष नारायण पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम संञ्चालन कमला नेपालले गरेकी थिइन भने स्वागत उमा घिमिरेको रहेको व्यवस्थापक अर्जुन निरौलाले जानकारी दिए ।

