खुदुनाबारी ।


झापाको खुदुनाबारीमा भएको प्रथम खुदुनाबारी गोल्ड कपको फाइनल खेलमा सि.टिसि.झापा क्लब विजयी भएको छ । आयोजक परिवारलाई १ का विरुद्ध ५ गोलको फराकिलो अन्तरले जीत निकाल्दै सि.टि.सि.झापा क्लब विजयी भएको हो ।
प्रतियोगिताको विजताले २५ हजार १ सय ११ मेडल,टफी,प्रमाणपत्र र उपविजेताले १५ हजार १ सय ११ रुपैयाँ सहित टफी,मेडल,प्रमाणपत्र प्रदान गरिएको च्यारिटि युथ क्लबका अध्यक्ष दिपक दुलालले बताए ।
खेलको उद्घाटन प्रमुख अतिर्थी समेत रहेका खेलकुद समिति झापाका अध्यक्ष शंकर थापा र कार्यक्रमका बिशिष्ट अतिर्थी हरि कुमार रानाले संयुक्त रुपमा गरेका थिए ।
च्यारिटि युथ क्लवका अध्यक्ष दिपक दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगर वडा २ का अध्यक्ष रघुनाथ खनाल,३ का वडाअध्यक्ष जीवन भण्डारी,१० का वडाअध्यक्ष बलदेव गोम्देन,ससस्त्र वेस क्याम्प खुदुनाबारीका ईन्चार्ज सोम श्रेष्ठ,दहालटार सामुदायिक वनका अध्यक्ष डि.बि.राई,जुकेखाडी सामुदायिक वनका कार्यसमिति सदस्य हरिराम शर्मा,अर्जुनधारा नगरपालिकाका संघसंस्थाका प्रतिनिधि खगेन्द्र लिङ्गदेन,एमालेका प्रतिनिधि नर बहादुर कन्दङ्गवा,याम घिमिरे,माओवादी प्रतिनिधि तुलसी ढकाल,बृद्धिजिवी एंवम काग्रेसका प्रतिनिधि इश्वर खवास,जनप्रतिनिधि निर्मला घिमिरे,होम दुलाल,सिताराम भट्टराई,उत्तम समाल मगर,बोर्ड सदस्य दिलमाया दास,खेलकुद प्रेमी ढुण्डीराज गौतम,गर्जमान लिम्बु,अमर परियार,जनता उच्च मा.वि.का प्रध्यानध्यापक जय भण्डारी,शनिश्चरे क्याम्पसका कृष्ण थापा,आर्थिक संयोजक होम श्रेष्ठ,लेखा संयोजक महेन्द्र खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय १० वटा क्लबलाई एउटाको दरले फुटबल प्रदान गरिएको थियो भने गरिब जेहेन्दार विद्यार्थीहरुलाई ७ जोर बुट समेत च्यारिटि युथ क्लबका अध्यक्ष दिपक दुलाल र खेलकुद विभाग संयोजक कामु सुब्बाले प्रदान गरेका थिए ।

मोटरसाइकल स्लो प्रतिस्पर्धामा कैलाश श्रेष्ण विजयी भएका थिए । विजयी श्रेष्ठलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । च्यारिटि युथ क्लबका सचिव कपिल नेपालको स्वागत रहेको कार्यक्रम संञ्चालन गणेश दहालले गरेका थिए ।

