Aamsanchar

झापा ११ लाई हराएर हिमालयन शेर्पा फुटवल क्लव सेमिफाईनलमा प्रवेश

Author Image
बिहिवार, असोज ५, २०७४

चारपाने, असोज ५ । झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्ड कपमा घरेलु टोली रमपम झापा–११ लाई हराउँदै हिमालयन शेर्पा सेमी फाईनलमा प्रवेश गरेको छ । झापालाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराएको हो । खेल अवधिभर १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा झापाका खेलाडी योगेश गुरुङ, पुजन उपरकोटी र बुद्ध चेम्जोङको प्रहार बाहिरिएको थियो ।
हिमालय शेर्पाको लागि विजय श्रेष्ठ, दिवस उराउ र बिके लामाले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

 

यसअघि झापाका लागि खेलको १५ औं मिनेटमा क्याप्टेन योगेश गुरुङले पहिलो गोल गरेका थिए । हिमालयन शेर्पाका विजय श्रेष्ठले दोस्रो हाफको ७ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । बिके लामाको पासलाई सदुपयोग गर्दै उनले वान–टच गोल लगाए ।
निक्कै प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरु गुमाएका थिए ।

 

खेलको ९ औं मिनेटमा हिमालयन शेर्पाका खेलाडी दिवस उराउले डि–बक्स एरिया नजिकबाट गरेको शसक्त प्रहारलाई झापाका गोल रक्षक किशोर गिरीले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको १४औं मिनेटमा झापाका योगेश गुरुङले डि–बक्स एरिया नजिकैबाट गरेको प्रहार बाहिरिँदा झापाले अग्रतालाई दोब्बर बनाउने मौका गुमाएको थियो ।

 

खेलको ३५ औं मिनेटमा हिमालयन शेर्पाका विके लामाले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोल रक्षकले बचाएका थिए । खेलमा निशान राई र कर्ण लिम्बूको तालमेल नमिल्दा झापाले गोल गर्ने थुप्रै अवसरहरु गुमाएको थियो । खेलमा हिमालयन शेर्पाका विजय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए । शुक्रबार त्रिभुवन आर्मी क्लब र मोरङ–११ बीच प्रतिष्पर्धा हुने सञ्चार संयोजक विनोद सापकोटाले बताए

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर