दमक :

झापाको दमकस्थित एड्भान्स हेल्थ केयर सेन्टरमा छाती दुखेर उपचार गर्न आएका एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन्।

दमक– ६ बस्ने नविन राना मगरको मृत्यु भएपछि आफन्तले अस्पतालले गलत औषधि दिएको आरोप लगाएका छन्। दमकस्थित नाइट काउन्टर दमकका कर्मचारीसमेत रहेका नविन बिहान करिब साढे ६ बजेतिर उपचार गर्न अस्पताल आएका थिए।

अस्पतालले औषधि दिएको केहीबेरमै उनको मृत्यु भएको आफन्तको आरोप छ। नविनको मृत्युपछि आफन्तहरुले अस्पतालमै प्रदर्शन गरेका छन्। अस्पतालको लापावाहीले यस्तो घटना भएको नविनकी भाई बुहारी मन्जु राईले आरोप लगाइन्।
‘हामीलाई न्याय दिनुपर्छ, गल्ति गर्नेलाई कारवाही हुनुपर्छ।’ एड्भान्सका मेडिकल सुपरिटेण्डेट डाक्टर सन्तोष सुवेदीले अस्पतालको लापरबाहीका कारण बिरामी मृत्यु नभएको बताए।-थाहाखबरबाट
Views: 159

