Aamsanchar

सवारी दुर्घटनामा १४ घाइते

Author Image
शुक्रवार, असोज ६, २०७४

  झापा,

१ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा विहीबार भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्।

  झापाः झापाको शिवसताक्षी नगरपालिका -१० राजमार्गमा पश्चिमतर्फ जादै गरेको को १ च २४५७ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउदै गरेको मे १ च ३८३८ नम्बरको स्कारपियोले ठक्कर दिई भाग्ने क्रममा दुर्घटना हुँदा स्कारपियोमा सवार कन्काई नगरपालिका-३ बस्ने २२ बर्षिय सुमन मैनाली घाइते भएका छन्। दुर्घटनमा एम्बुलेन्समा सवार झापा मेचीनगर नगरपालिका-१० बस्ने २१ बर्षिय दिपा खप्चडी , उनकै श्रीमान २७ बर्षिय मिन बहादुर खप्चडी, सोही ठाउँकी ३५ बर्षिय मञ्जु तामाङ, ४८ बर्षिया कृष्ण कुमारी बुढाथोकी र एम्बुलेन्स चालक ३४ बर्षिय अमृत कुमार सुब्बा सामन्य घाइते भएका छन्।

घाइते सबैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ भने स्कारपियोका चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा छन्। यस्तै सोही नगरपालिका-१ स्थित फुलबारी चोकमा बा १६ च २३४३ नम्बरको कारमा विपरित दिशाबाट आउँदै गरेको बा ८५ प २३१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला पाँचथर आचुहाङ्-८ बस्ने २५ बर्षिय हेमराज लिम्बु र पछाडी सवार पाँचथर भारपा बस्ने २५ बर्षिय राज लिम्बु घाइते भएका छन्।

घाइते दुवैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ। कारका चालक इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा छन्।

मोरङः मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ मा को २९ प ४१९१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री धनकुटा जितपुर ३ बस्ने अन्दाजी ५० बर्षिया भिम माया लिम्बु घाइते भएकी छिन् उनको पथरी अस्पतालमा उपचार भइरेहको छ भने स्कुटर चालक ईटहरी उप-महानगरपालीका-२० तरहरा बस्ने ३५ बर्षिय कन्चन माया राई समेत सामान्य घाइते भएकीले सोही अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ।

सुनसरीः सुनसरीको कोशी गाउँपालिका-४ स्थित राजमार्गमा को ३१ प २१०३ नम्बरको मोटरसाइकललाई बा ३ ख ८३८६ नम्बरको बसले ठक्कर दिदा मोटरसाइकल चालक उदयपुर डुम्रे -८ बस्ने २९ बर्षिय विनोद राज तिमल्सिना गम्भिर घाईते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बसमा सवार तत्काल नाम थर वतन खुल्न नसकेका ३ जना यात्री घाइते भएका छन्। उनीहरुको ईनरुवा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर