इटहरी,

उद्योग मन्त्री सुनिलबहादुर थापाले कृषिजन्य उद्योग स्थापना र सञ्चालनमा निजी क्षेत्रबाट गरिएको उत्साहजनक लगानी तथा व्यावसायीकरण अभियानलाई राज्यले पहिलो प्रथामिकता दिने नीति ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

मन्त्री थापाले आज सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा सञ्चालनमा रहेको श्रीकामधेनु दुग्ध उत्पादक सहकारी सस्थाको स्थलगत अवलोकन एवं अनुगमन गर्दै सहकारीले निजी लगानीमा करोडौँका दुग्धजन्य वस्तुको स्तरीकरण एवं बजारीकरण गरी रोजगार प्रवद्र्धनमा योगदान पु¥याएकोमा खुशी व्यक्त गर्नुभयो ।

पूर्वी नेपालका झापा मोरङ, इलाम, सुनसरी, धनकुटा र तेह्रथुमका पशुपालक कृषक तथा कृषक समूह र सहकारीलाई शेयर सदस्यका रुपमा समेटेर दैनिक १२ हजारदखि १३ हजार लिटरसम्म दूध संकलन गरेर त्यसका विभिन्न परिकारको स्तरीकरण गर्नेजस्तो कार्यमा सहकारीले गर्दै आएको योगदान देशका लागि उदाहरणीय रहेको मन्त्री थापाको भनाइ थियो ।


मन्त्री थापाले पछिल्लो अवस्थामा कृषि मन्त्रालयमा रहेको कृषि, पशु तथा अन्य विषयवस्तुलाई अलग्याउने कार्य भएकाले यस प्रकारका उद्योग–व्यवसायलाई एकीकृत रुपमा राज्यले सहयोग पु¥याउने विषय ओझेलमा पर्ने खतरा रहेको बताउनुभयो । “निजी क्षेत्रबाट प्रवद्र्धित यस प्रकारका उद्योग व्यवसायलाई प्रवर्धन गर्न सरकार तयार छ,” उहाँले भन्नुभयो ।

