Aamsanchar

ट्रक दुर्घटनामा सह-चालकको मृत्यु

Author Image
शनिवार, असोज ७, २०७४

उदयपुर।

उदयपुरको कटारी नगरपालिका-१४ मा शनिबार ट्रक दुर्घटना हुँदा सह- चालकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा जिल्ला सिन्धुली फिकल गाउँपालिका-६ बस्ने बुद्धे भन्ने तुला बहादुर राई रहेका छन्। उनी सवार को १ ख ३३६३ नम्बरको ट्रक ब्रेक फेल भई दिउँसो १;३० बजेतिर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। ट्र

कका चालक जिल्ला सिन्धुली फिकल गाउँपालिका- ३ बस्ने २६ बर्षिय पेसल कामी प्रहरी चौकी घुर्मिको नियन्त्रणमा छन्। यता मोरङको बेलबारी नगरपालिका-३ स्थित राजमार्गमा को १ ह ६०२४ नम्बरको टेम्पोलाई ना ६ ख ४३३२ नम्बरको ट्रकले ठक्कर दिँदा टेम्पो चालक बेलबारी नगरपालिका-३ बस्ने २५ बर्षिय खगेन्द्र महत घाईते भएका छन्।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने ट्रकका चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर