Aamsanchar

दुई लाख रुपैयाँ सहित दश जुवाडे पक्राउ

Author Image
आइतवार, असोज ८, २०७४

झापा,

tas

इलाका प्रहरी कार्यालय अनारमनीले जुवा र तास खेलरिहेको अवस्थामा शनिबार दिउसो दस जना जुवाडेलाई पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका – १ पाथीभरा टोलस्थित रञ्जित सुब्बाको घरमा जुवा र तास खेलिरहेको अबस्थामा दुई लाख ९ हजार ९ सय २५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका– ६ निवासी राम तामाङ, बिर्तामोड – १ निवासी उमेशकुमार दास, बिर्तामोड – ५ निवासी कमल उप्रेती, अर्जुनधारा नगरपालिका– ५ निवासी मिलन बस्नेत, अर्जुनधारा नगरपालिका – ५ निवासी जनक कार्की, मेचीनगर – १३ निवासी जाकिर मोहमद हुसेन, बिर्तामोड –१ निवासी घर धनी रञ्जित लिम्बू, बाह्रदशी –६ निवासी वीर्ख सुब्बा, बिर्तामोड – १ निवासी दिपेश केशी, बाह्रदशी – ६ निवासी पुरन राई लाई पक्राउ गरिएको प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट प्रहरीले ६ वुङ तास समेत नियन्त्रणमा लिएको बताइएको छ ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर