Aamsanchar

डेढ लाख बराबरको अवैध कपडा बरामद 

Author Image
आइतवार, असोज ८, २०७४

झापा, 

प्रहरीले झापाको कचनकबल गाउँपालिका ४ र ५ स्थित पाठामारी-केचना सिमानाबाट डेढ लाख मूल्य बराबरको अवैध कपडासहित दुई वटा साईकल नियन्त्रणमा लिएको छ।

सिमा प्रहरी चौकी केचनाबाट खटिएको टोलीले आईतबार विहान लुकाई छिपाई दुई वटा साईकलमा राखी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ९५ पिस जाडो मौसमको ज्याकेट लगायतका उनी कपडा बरामद गरेको हो।

 

तस्करहरु गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ सामानसहितको साईकल छाडी फरार भएका थिए। बरामद कपडा सिमा प्रहरी चौकी केचनामा ल्याई थप अनुसन्धान पश्चात भन्सार दाखिला गर्ने उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 475

प्रतिक्रिया (०)

सम्बन्धित खबर