Aamsanchar

छातेढुंगाको जीर्णोद्धार

Author Image
आइतवार, असोज ८, २०७४

तेह्रथुम ।

आठराई गाउँपालिका–५ स्थित ऐतिहासिक छातेढुंगामा रहेको छाता आकारको ढुंगाको जीर्णोद्धार गरिएको छ ।

ढुंगाको छाता भएका भएकै कारण यो गाउँको नाम नै छातेढुंगा राखिएको हो । अठारौँ शताब्दीको पूवार्धतिर नै यहाँका अगुवाले पाँच ढुंगाको छाता बनाएका थिए तर समय बित्दै जाँदा ढुंगाको छाता भाँचिएर छातेढुंगाको पहिचान संकटमा परेको छ ।

यहाँको पहिचानका रुपमा रहेको छाता आकारको ढुंगाको जीर्णोद्धार गरिएको छातेढुंगा पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास समाजका अध्यक्ष तेजमान कन्दङ्वाले बताउनुभयो । जीर्णोद्धारपछि छातेढुंगामा छाता आकारका ढुंगाको संख्या तीन पुगेको छ । दुई ढुंगाको छाता पर्यटन मन्त्रालयको रु दुई लाख अनुदानमा निर्माण गरी जीर्णोद्धार गरिएको छ ।

जिल्लाकै पर्यटकीय क्षेत्रका रुपमा परिचित यस ठाउँमा हरेक वर्ष दशैँतिहारमा मेला लाग्छ । यहाँ छातेढुंगाको अवलोकन तथा भ्रमणका लागि देश तथा विदेशबाट पर्यटक आउने गर्छन् ।

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर