Aamsanchar

नेपालद्धारा बंगलादेश २–१ गोल अन्तरले पराजित

Author Image
सोमवार, असोज ९, २०७४

काठमाडौँ, 

भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिपअन्तर्गत आज भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । त्यसअघि नेपालका अभिषेक रिजालले खेलको २२ आँैँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए । अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै (३० औँ मिनेटतिर) बंगलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।
यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्र्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो ।
बंगलादेशको भने यो पहिलो हार हो । यसअघि खेलेको दुई खेलमा उसले दुवै खेलमा जित हासिल गरेको थियो । त्यसैगरी आजै भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर